बयालपाटा प्रादेशिक अस्पतालमा एकै दिन ६ सफल शल्यक्रिया
swasthyakhabar.com · Wed Jul 01 05:29:41 GMT 2026

अछाम- सुदूरपश्चिम प्रदेशको दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा प्रादेशिक अस्पतालले विशेषज्ञ सेवामा उत्कृष्ट उपलब्धि हासिल गरिरहेको छ। अस्पतालले एकै दिनमा हाडजोर्नीसम्बन्धी विभिन्न जटिल प्रकृतिका ६ वटा सफल शल्यक्रिया सम्पन्न गर्दै बिरामीलाई गुणस्तरीय तथा समयमै उपचार सेवा प्रदान गरेको छ।
सोमबार एकै दिन शल्यक्रिया गरिएका बिरामीमध्ये चार जना बालबालिका थिए। उनीहरू क्रमशः ५ वर्षका दुई बालक, ६ वर्षकी एक बालिका र ७ वर्षका एक बालक हुन्। चारै जनामा सुप्राकोन्डाइलर ह्युमेरस टाइप–३ फ्र्याक्चर रहेको र उनीहरूको शल्यक्रियाको नेतृत्व अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. विश्व निरौलाले गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)