मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ओमानको मस्जिद नजिकै गोली चल्दा चार पाकिस्तानीको मृत्यु

barnanmedia.com · Tue Jul 16 21:25:58 UTC 2024

ओमानको राजधानी मस्कटमा रहेको एक शिया मस्जिद नजिक भएको गोलीकाण्डमा चार पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा इमाम अली मस्जिद नजिक भएको आक्रमणको निन्दा गर्दै यसलाई "कायरपूर्ण आतंकवादी आक्रमण" भनेको छ।

विदेश मन्त्रालयका अनुसार यस घटनामा ३० पाकिस्तानी नागरिक पनि घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले पनि आक्रमणकारी मारिएको जनाएको छ । आक्रमणको भिडियोमा मस्जिदको आँगनमा गोली चलेको आवाजसँगै मानिसहरु लुक्न यता उता दौडिरहेको देख्न सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)