प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
arthasansar.com
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (माघ ४ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि माघ ५ गतेदेखि माघ २१ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आजसम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भएर कायम भएका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको वार्षिक साधारण सभा माघ २१ गते शुक्रबार प्रिमियर भवन नक्साल काठमाडौँमा भर्चुअल माध्यामबाट बिहान ११ बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)