मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसीसी वुमन्स प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दै

Ujyaaloonline.com · Sat Feb 10 00:52:00 GMT 2024

काठमाण्डौ – एसीसी वुमन्स प्रिमियर कपको पहिलो संस्करणमा आज नेपालले हङकङसँग खेल्दैछ । मलेसियामा आजदेखि नै शुरु हुन लागेको प्रतियोगितामा नेपालले बलियो प्रतिद्वन्द्वी हङकङसँग खेल्न लागेको हो । नेपाल र हङकङबीचको खेल अहिले बिहान सवा ७ बजे शुरु हुने छ ।

प्रतियोगिताको पहिलो दिन नै ८ खेल हुने छन् । टी २० फर्म्याटमा हुने प्रतियोगिताबाट एसिया कप खेल्ने टिमको छनोट हुने छ । नेपालले भोलि भुटानसँग र फागुन १ गते माल्दिभ्ससँग खेल्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)