विराट कोहलीले चौथो पटक जिते आइसीसी क्रिकेटर अफ दी इयरको उपाधि
neplays.com
भारतीय क्रिकेटर विराट कोहली आइसीसी एक दिवसीय क्रिकेटर अफ दी इयरबाट सम्मानित भएका छन् । उनलाई आइसीसीले २०२३ को लागि ओडीआई क्रिकेटर अफ द इयरको रूपमा छनोट गरेको हो । कोहलीले गत वर्ष उत्कृष्ट प्रदर्शन गरेका थिए र त्यसैको आधारमा अन्य प्रतिस्पर्धीलाई हराउन सफल भएका थिए। यो अवार्ड जित्ने दौडमा भारतका शुभमन गिल र फास्ट बलर मोहम्मद शामीका साथै न्युजिल्यान्डका डेरिल मिचेल पनि थिए । सबैलाई पछाडि छोडेर कोहलीले ठूलो अवार्ड जितेका हुन् । कोहली चार पटक जित्ने पहिलो क्रिकेटर पनि बने ।
सन् २०२३ अघि कोहली २०१२, २०१७ र २०१८ मा उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई क्रिकेटर अफ द इयर बन्ने उपलब्धि पनि हासिल गरेका थिए। कोहलीले दक्षिण अफ्रिकाका एबी डिभिलियर्सलाई पछाडि पारेका छन् । डिभिलियर्सले तीन पटक (२०१०, २०१४, २०१५) वर्षको उत्कृष्ट एकदिवसीय खेलाडी बन्ने उपलब्धि हासिल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)