चुनाव सार्न खोजे प्रतिवाद गर्ने एमालेको निर्णय
saralpatrika.com · Mon Apr 18 15:41:00 GMT 2022
काठमाडौं । नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्न खोजेको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ । सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले चुनाव सार्न खोजिए प्रतिवाद गर्ने निर्णय गरेको हो ।
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सरकारले वैशाख ३० गते हुन लागिरहेको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको आभास हामीलाई भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)