कोप–३१ मा जलवायु न्याय र हिमाली क्षेत्रको संरक्षणलाई प्राथमिकता दिने नेपालको तयारी
hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ। आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म टर्किएको अन्ताल्यामा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा नेपालले जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण, जलवायु अनुकूलन र जलवायुजन्य हानि–नोक्सानीका विषयलाई मुख्य प्राथमिकताका साथ उठाउने भएको छ।
जलवायु परिवर्तनमा न्यून योगदान भए पनि नेपालले भोग्नुपरेको उच्च जोखिम र क्षतिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न वन तथा वातावरण मन्त्रालयले गृहकार्य तीव्र पारेको छ। परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री गीता चौधरीसहित विभिन्न मन्त्रालय, नागरिक समाज र निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी रहनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)