मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेलले गरे काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन

hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँका अवसरमा सोमबार काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् ।

उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)