मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्वमा आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरको विशेष तयारी

hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ। दशैँ, तिहारलगायतका चाडपर्वका बेला हुनसक्ने सम्भावित आगलागी तथा विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले सुरक्षा व्यवस्था चुस्त बनाएको छ। महानगरपालिकाको विपद् व्यवस्थापन विभागअन्तर्गतको वारुण यन्त्र कार्यालयले हाल तीनवटा स्थानबाट दमकल, आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ।

फायर कमाण्डर तथा नगर प्रहरी वरिष्ठ नायव निरीक्षक नरेशराज कुँवरका अनुसार आगलागी वा विपद्को सूचना प्राप्त हुनासाथ टोली १ मिनेटभित्रै स्टेसनबाट निस्कने र उपत्यकाभित्र दूरीका आधारमा ५ मिनेटभित्र घटनास्थलमा पुग्ने लक्ष्य राखिएको छ। अत्यावश्यक परेको खण्डमा ६ देखि ७ वटा दमकल परिचालन गर्न सकिने र हालै २१ जना नयाँ अग्निनियन्त्रकहरू समेत नियुक्त गरिएकाले जनशक्तिको कुनै कमी नरहेको उहाँले जानकारी दिनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)