दशैँको रौनक हरायो, भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएपछि तिनघरवा गाउँ शोकमा
hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ । बर्दियाको राजापुर नगरपालिका–९ तिनघरवा गाउँमा यस वर्ष दशैँको कुनै उल्लास र खुसी छैन। परिवारको आर्थिक स्थिति सुधार्न रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोशीको बाढीमा परेर बेपत्ता भएपछि त्यहाँका पाँच परिवार शोक र पीडामा डुबेका छन्।
बेपत्ता हुनेहरूमा तिनघरवा गाउँका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु रहेका छन्। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी उनीहरू बेपत्ता भएका थिए। घरमा जमरा राखिए पनि र कुलदेवताको पूजा गरिए पनि श्रीमान् र आफन्त बेपत्ता भएको पीडाले उनीहरूका परिवारले यस वर्ष टीका नलगाई शोकमा दशैँ बिताइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)