मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ । सुनसरीको दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले ५७४ किलो ८७० ग्राम (पाँच क्विन्टलभन्दा बढी) गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र सिआरभी दुहबीको प्रहरी टोलीले कोशी राजमार्ग हुँदै इटहरीबाट विराटनगरतर्फ गइरहेको ना ४ च ६०६३ नम्बरको एम्बुलेन्स जाँच गर्दा उक्त गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)