हट्यो पृथ्वी राजमार्गको अवरोध, यात्रुलाई राहत [तस्बिरहरू]
hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ । दशैँको समयमा घर जाने तथा फर्किने यात्रुका लागि पृथ्वी राजमार्गको यात्रा सहज बनेको छ। भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त सडक मर्मत सम्पन्न भएसँगै पृथ्वी राजमार्गमा अहिले निर्वाध रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।
केही समयअघि बाढी तथा पहिरोका कारण धादिङको कृष्णभीर, परेवा भीर र गलौंदी क्षेत्रमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने यात्रु तथा मालवाहक सवारीसाधनले सास्ती खेप्नुपरेको थियो। सडक मर्मत सम्पन्न भएपछि भने यातायात सञ्चालन सहज भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)