मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेनाले दुई दिनमै गर्‍यो आरुघाटको बूढीगण्डकीमा बेलिब्रिज जडान

hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकी नदीमा दुई दिनभित्रै 'बेलिब्रिज' जडान कार्य सम्पन्न गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ।

गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले पक्की पुलको गोरखातर्फको भाग बगाएपछि नेपाली सेनाले असोज ३१ गतेदेखि बेलिब्रिज निर्माण सुरु गरेको थियो। सेनाले छोटो समयमै जडान सम्पन्न गरी यातायात पुनः सञ्चालन गराएपछि स्थानीय नागरिकहरूले सेनाको कामको प्रशंसा गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)