अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालन
hamrakura.com · Tue Oct 20 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध रहेको नेपाल–चीन जोड्ने उत्तर–दक्षिण (कोशी) राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ।
गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला-ठूला चट्टानसहित खसेको पहिरोका कारण सो सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द भएको थियो। उत्तर–दक्षिण राजमार्ग आयोजनाको अनुरोधमा नेपाली सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्ट र श्री इन्द्रदल गुल्मको सैनिक टोली परिचालन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)