पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित हवाई उडान स्थगित
hamrakura.com · Tue Oct 20 00:00:00 GMT 2026

काठमाडौँ । पर्यटकीय अनुकूल याम बाँकी छँदै पोखरा–जोमसोम रुटमा हुँदै आएको नियमित हवाई सेवा स्थगित भएको छ। यस रुटमा १८ सिटे जहाजमार्फत सेवा दिँदै आएका तारा एयरलाइन्स र समिट एयरलाइन्सले नियमित उडान बन्द गरेका हुन्।
जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार अघिल्लो साता तारा एयरले र सोमबारदेखि समिट एयरले आफ्ना नियमित उडानहरू बन्द गरेका हुन्। मुस्ताङमा सामान्यतया अगस्टदेखि नोभेम्बरसम्म उडान सेवा नियमित हुने गर्दथ्यो। वायुसेवा कम्पनीहरूका केही जहाज मर्मतसम्भारको अवस्थामा हुनुका साथै यात्रुको सङ्ख्या घट्नुलाई यसको मुख्य कारण मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)