मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री शाहको सन्देशःमानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेद जस्ता नकारात्मक सोचलाई त्याग्न मौका मिलोस

bishowkhabar.com · Wed Oct 21 21:56:43 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका सर्वसाधारणमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले पौराणिक मान्यता अनुसार यसै दिन दुर्गा भवानीले महिषासुर जस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गरेको र भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनका रूपमा लिइने उल्लेख गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)