नेपाली क्रिकेट टिमको अपराजित यात्रा कायमै, ओमान ३८ रनले पराजित
arthadabali.com · Wed Oct 15 18:25:39 GMT 2025
काठमाडौँ / नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा आफ्नो अपराजित यात्रा कायम राख्दै उपाधिको नजिक पुगेको छ । बुधबार सम्पन्न खेलमा नेपालले ओमानलाई ३८ रनले हराउँदै चौथो लगातार जीत दर्ता गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो । नेपालका ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौका र २ छक्कासहित ६९ रनको अर्धशतकीय पारी खेले । आसिफ शेखले २४, गुल्शन झाले १८ र आदिल आलमले १६ रनको योगदान दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)