मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आर्सनलविरुद्ध अग्रता जोगाउन नसक्दा बायर्न २-२ को बराबरीमा रोकियो

ratopati.com · Wed Oct 21 22:29:44 GMT 2026

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत नेपाली समय अनुसार बिहीबार बिहान भएको एक रोमाञ्चक खेलमा जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब आर्सनलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता भने आर्सनलले बनाएको थियो । खेलको २५ औँ मिनेटमा एबेरेची एजेले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए । तर, उक्त अग्रता धेरै बेर टिक्न सकेन । ३५ औँ मिनेटमा बायर्नका लागि अल्फोन्सो डेभिसले गोल फर्काउँदै पहिलो हाफमै खेललाई १–१ को बराबरीमा ल्याए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)