पर्सामा तीन दिनमा १ लाख ८८ हजार बढीले लिए हैजाविरुद्धको खोप
ekantipur.com · Wed Oct 15 18:42:49 GMT 2025

पर्सा — अभियान सञ्चालन गरिएको तीन दिनमा पर्सामा १ लाख ८८ हजार बढीले हैजाविरुद्धको खोप लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार आइतबारदेखि मंगलबारसम्ममा गरी १ लाख ८८ हजार ५ सय १६ जनाले खोप लिइसकेका छन् ।
हाल वडास्तरबाट तथा विद्यालयहरूमा समेत यो अभियानलाई तीव्रता दिइएको छ । विद्यालयहरूमा तिहार र छठ पर्वको बिदा हुनुअघि अभियान सम्पन्न गर्ने लक्ष्य छ । सहरी क्षेत्रका सर्वसाधारणले व्यस्तताले खोप लिन नपाइरहेको अवस्थामा ग्रामीण भेगमा भने अधिकांशले खोप लिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)