कांग्रेसमा क्रियाशील सदस्यताको किचलो : केन्द्रीय कार्यालयमा धर्नै धर्ना
annapurnapost.com · Mon Jul 26 06:52:00 GMT 2021
काठमाडौं : बारा कांग्रेसका सभापति जयचन्द्र चौरसिया केन्द्रीय कार्यालय परिसर सानेपामा टेन्ट गाडेर धर्नारत छन्। उनको माग छ– ‘पार्टी कार्यालयको मुख्य ढोकामा धर्नामा बसेका बाराकै अर्को पक्षका कांग्रेस नेताहरूले राखेका माग पार्टीले खारेज गर्नुपर्यो।’
केन्द्रीय कार्यालयको निर्देशनअनुसार पार्टीको विधान, निर्देशन र प्रक्रिया पूरा गरी क्रियाशील सदस्यको टुंगो लगाएर केन्द्रमा नामावली पठाएको चौरसियाको दाबी छ। तर, पूर्वसभासद लालबाबु सिंहलगायत नेता जिल्ला सभापति चौरसिया र क्षेत्रीय सभापतिहरूले एकलौटी रूपमा क्रियाशील सदस्यको नामावली केन्द्रमा पठाएको भन्दै उक्त नामावली खारेजीको माग गर्दै १४ दिनदेखि धर्नामा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)