मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जातीय मुक्ति समाज पर्वतको जिल्ला सम्मेलनद्वारा चन्द्र नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

makalukhabar.com · Wed May 10 17:46:03 GMT 2023

काठमाडौँ । नेपाल जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विश्वकर्माले नेपाल राज्य निर्माणका लागि इतिहासमा भएका सबैजसो आन्दोलनमा दलित तथा उत्पीडित समुदायका नेपालीहरूले महत्त्वपूर्ण योगदान गरेको बताएका छन् । नेपाल जातीय मुक्ति समाज पर्वतको छैटौँ जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राज्य एकीकरण, प्रजातान्त्रिक आन्दोलन, गणतन्त्र र लोकतन्त्रजस्ता हरेक परिवर्तनका लागि भएका आन्दोलनमा दलित, उत्पीडित समुदायका व्यक्तिको सक्रिय सहभागिता रहेको बताए । व्यवस्था परिवर्तनका लागि दलित तथा उत्पीडित समुदायले योगदान गरेको भए पनि अझै दलित तथा उत्पीडितको अवस्था भने परिवर्तन हुन नसकेको उनले बताए । त्यही अवस्था परिवर्तन गर्न र मुक्तिका लागि मुक्ति आन्दोलन आफूहरूले अघि बढाइरहेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)