राजस्थान आईपीएल क्रिकेटको फाइनलमा प्रवेश
nepalbahas.com · Sat May 28 01:00:34 GMT 2022
१४ जेठ एजेन्सी । राजस्थान रोयल्स, इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैङ्लोरलाई ७ विकेटले हराउँदै राजस्थान १४ वर्षपछि आईपीएलको फाइनलमा पुगेको हो । राजस्थान यसअघि सन् २००८ मा फाइनलमा पुगेको थियो । जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको राजस्थानले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)