अविश्वास प्रस्ताव फिर्ता लिन प्रदेश सांसदलाई एमाले केन्द्रीय कमिटी बैठकको निर्देशन, ७० वर्षे उमेर हद हट्यो
Ujyaaloonline.com · Fri Mar 12 17:13:22 UTC 2021
काठमाण्डौ- सत्तारुढ नेकपा (एमाले) को शुक्रवार सम्पन्न केन्द्रीय कमिटीको विशेष बैठकले विभिन्न प्रदेश सभामा पार्टीका सांसदहरुले आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध दिएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।
पार्टी संसदीय दलका नेता र सदस्यलाई अनुशासित र एकताबद्ध भएर परिचालित गर्न विशेष भूमिका खेल्न आह्वान गर्दै बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यलाई पार्टी निर्णयअनुरूप सञ्चालित हुन र अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशित गरेको हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध कतिपय सो पार्टीकै सांसद र नेकपा (माओवादी केन्द्र) का सांसदको हस्ताक्षरका आधारमा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)