मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल क्रिकेटमा चेन्नई विजयी, दिल्ली ९१ रनले पराजित

Ujyaaloonline.com · Mon May 09 00:42:45 GMT 2022

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्ग्स ९१ रनले विजयी भएको छ । मुम्बईमा गएराति सकिएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको हो ।

चेन्नईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय १७ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन जोडे । यस्तै, शार्दुल ठाकुरले २४, ऋषव पन्तले २१ र डेभिड वार्नरले १९ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)