मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राहत र उद्धारमा कमी हुँदैन : प्रधानमन्त्री

ekantipur.com · Fri Oct 22 01:05:50 GMT 2021

सुर्खेत, कञ्चनपुर, बैतडी — बेमौसमी वर्षापछिको बाढीपहिरोले पुर्‍याएको क्षति तथा पीडितको अवस्थाबारे बुझ्न बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले राहत र उद्धारमा कुनै कमी नहुने बताएका छन् । प्रधानमन्त्री देउवाले सुर्खेतमा कर्णाली प्रदेश प्रमुख, मुख्यमन्त्रीलगायतबाट प्रदेशमा बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका थिए ।

मनसुन सकिएपछि भएको वर्षाका कारण निम्तिएको विपत्तिले पुर्‍याएको क्षतिले सबैलाई दुःखी बनाएको उनको भनाइ थियो । ‘जलवायु परिवर्तनका कारण यति ठूलो महाविपत्ति खेप्नुपर्‍यो,’ सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने, ‘बुधबार बसेको क्याबिनेट बैठकमा राहतको निर्णय गरिएको छ । जनधनको क्षतिको अनुगमनपछि थप राहतको व्यवस्था हुन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)