मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मोबाइलमै सीमित हुँदै विश्वको बैंकिङ सेवा, शाखाको भविष्य कस्तो होला ?

corporatenepal.com · Thu Oct 22 00:17:53 GMT 2026

काठमाडौं । डिजिटल भुक्तानीले मानिसको किनमेल, खानपान र दैनिक आर्थिक कारोबार गर्ने तरिकालाई तीव्र गतिमा परिवर्तन गरिरहेको छ। विशेषगरी नयाँ पुस्ता अर्थात् ‘जेन जेड’ डिजिटल भुक्तानीका नयाँ प्रविधि अपनाउन निकै उत्साहित देखिएको छ। यसले व्यापारिक प्रतिष्ठानदेखि बैंक तथा वित्तीय संस्थासम्मको कार्यशैलीमा परिवर्तन ल्याउन थालेको छ।

सन् २०२५ मा सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार अमेरिकामा जेन जेड पुस्ताका ९१ प्रतिशतसम्म व्यक्तिले एप्पल पे, गुगल पे, भेनमो र पेपालजस्ता स्मार्टफोनमा आधारित भुक्तानी अनुप्रयोग प्रयोग गर्छन् । विश्वभरको कुल श्रमशक्तिमध्ये जेन जेडको हिस्सा २७ प्रतिशत रहेको छ। यस पुस्ताको डिजिटल प्रविधिप्रतिको रुचि र प्रयोग गर्ने बानीले व्यवसाय सञ्चालन गर्ने तरिकालाई समेत प्रभावित पारिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)