‘भारतबाट जोगी र माग्ने आएर बच्चाहरू चोरी गरेको भन्ने भ्रम हो’ : साइवर ब्यूरो
lokpath.com · Mon Sep 12 16:25:55 GMT 2022
काठमाडौं । पछिल्लो केहीदिन यता सामाजिक सञ्जालहरुमा मानव तस्कर नेपाल प्रवेश गरेको खबरहरु छ्याप्छ्याप्ती फेला पर्न थालेका छन् । “भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरू चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका विभिन्न अंगहरू झिकी बिक्री गर्ने गरेको” भन्दै सचेत रहन लेखिएका पोष्टहरु गलत भएको साइवर ब्यूरोले बताएको छ ।
साइवर ब्यूरोले विभिन्न व्यक्तिहरुका तस्बिरहरु संलग्न गरी सामाजिक सञ्जालमा फैलाईएको भ्रामक प्रचार प्रति नेपाल प्रहरीको गम्भिर ध्यानाकर्षण भएको बताउँदै सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैँ देशभर रहेका कुनैपनि प्रहरी कार्यालयहरुमा हालसम्म कुनैपनि माध्यमबाट कुनैपनि उजूरी तथा सूचना प्राप्त नभएको बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)