रास्वपालाई सरकारमा भित्र्याउने प्रधानमन्त्रीको कसरत
newsofnepal.com · Tue May 02 00:55:34 GMT 2023
काठमाडौं । सरकारमा कांग्रेसलाई सन्तुलनमा राख्ने र प्रतिपक्षीको शक्ति घटाउने रणनीतिका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउने कसरत गर्नुभएको छ । संसदको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी(एमाले) र रास्वपासमेत सरकार बाहिर भएपछि सरकारलाई अप्ठेरोमा पार्न सक्नेभएकोले प्रधानमन्त्री दाहालले यस्तो रणनीति अपनाउनुभएको बताइएको छ ।
गत पुस १० को सहमतिअनुसार नै रास्वपालाई जसरी पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्ड लचक देखिनुभएको सत्ता गठबन्धनका एक नताले नेपाल समाचारपत्रसँग बताए । उनले भने– ‘गत पुस १० कै अवस्थामा रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री लाग्नुभएको बुझिएको छ । सत्ता गठबन्धनमा रास्वपालाई समेत समेटेर जाँदा जनताको भावनाअनुसार यो पाँच वर्ष स्थिर रूपमा सरकारले काम गर्न पाउँछ भन्ने हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)