मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियलको राज

ekantipur.com · Mon May 30 00:47:25 GMT 2022

पेरिस — भिनिसियस जुनियरले खेलको एकमात्र गोल गरेपछि रियल म्याड्रिडले लिभरपुललाई १–० ले पन्छाउँदै शनिबार पेरिसमा युरोपेली च्याम्पियन्स लिगको फाइनल जितेको छ । यससँगै रियलले युरोपकै सर्वाधिक सफल क्लबको उपाधि कीर्तिमान संख्या १४ पुर्‍यायो ।

रंगशालाबाहिर समस्या भएपछि आधा घन्टा ढिला सुरु भएको फाइनलमा ब्राजिलियन विंगर भिनिसियसले फेड भाल्भेर्डेको क्रसमा ५९ औं मिनेटमा गोल गर्दै स्टाड डे फ्रान्समा रियललाई अग्रता दिलाएका थिए । त्यसपछि लिभरपुल बराबरीका लागि गोल गर्न असफल रह्यो । योर्गन क्लोपको टिम स्पेनी महारथीविरुद्ध च्याम्पियन्स लिगको फाइनलमा पाँच वर्षयता दोस्रोपल्ट पराजित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)