मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘दलितकी छोरीलाई दयाले मन्त्री बनाएको ठान्छन्, तर यो दया होइन, वर्षौंको रगत–पसिनाको अधिकार हो’

ratopati.com · Thu Oct 22 01:44:20 GMT 2026

विराटनगर । विराटनगरस्थित कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यकक्ष । टेबलमा फाइलहरू छन्, ढोकामा आगन्तुकहरू फाट्टफुट्ट आउँछन् । आउनेहरूमध्ये कसैले बधाईका खादा लगाइदिन्छन्, कसैले आफ्नो गाउँको बाटो, पुल वा योजना पारिदिन मागपत्र बोकेका छन् । यही भिडको केन्द्रमा हुन्छिन् राज्यमन्त्री सपना परियार (सन्ध्या) ।

माओवादी सशस्त्र युद्धको कठिन भूमिगत जीवन, त्यसपछिको खुला राजनीतिक संगठन र प्रदेश सभाको रोष्टममा दलित तथा सीमान्तकृतका मुद्दामा खरो बोल्ने सांसद हुँदै उनी कार्यपालिकाको कुर्सीमा आइपुगेको झन्डै दुई महिना बितेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)