मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारत र न्युजिल्यान्डबिच पाँच टी-ट्वान्टी को भिडन्त : बुमराह र पाण्ड्याबिना भारतलाई चुनौती

ratopati.com · Thu Oct 22 02:04:11 GMT 2026

काठमाडौँ । लामो हवाई यात्रा, जेटल्याग र नयाँ परिस्थितिसँग अनुकूलन (एक्लिमाटाइजेसन) का लागि पर्याप्त समय नपाएको अवस्थामा भारतीय क्रिकेट टोली न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी शृङ्खलामा उत्रिँदै छ । टाढाको यात्रा गरेर पुगेको भारतीय टोलीले मात्र एक दिनको अभ्यास सत्रपछि भोलिपल्टै पहिलो खेल खेल्नुपर्ने व्यस्त तालिका पाएको छ ।

यसअघि आयरल्यान्ड भ्रमणमा पनि यस्तै अवस्थाका कारण भारतले २–० को ऐतिहासिक शृङ्खला हार व्यहोरेको थियो, जुन १७ वटा टी-ट्वान्टी शृङ्खला तथा प्रतियोगितापछि भारतको पहिलो पराजय थियो । यस पटक भने भारतले लामो यात्रा र थकानका बिच अझ बलियो घरेलु टोली न्युजिल्यान्डको सामना गर्नुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)