मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एस्टन भिल्ला च्याम्पियन्स लिगको दोस्रो स्थानमा उक्लियो

nepalnews.com · Thu Oct 22 02:06:33 GMT 2026

काठमाडौं। युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले नर्वेली क्लब भाइकिङलाई ३-१ गोलले पराजित गरेको छ। यो जितसँगै इङ्लिस क्लब एस्टन भिल्ला च्याम्पियन्स लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

खेलको २३ औं मिनेटमा रस बार्कलेले गोल गर्दै एस्टन भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ३७ औं मिनेटमा एमिलियानो बुएन्डियाले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफमा दुई गोलको अग्रता लिएको एस्टन भिल्लाले दोस्रो हाफमा पनि दबाब कायम राख्यो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)