मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री कार्कीको अर्जुनदृष्टि चुनावमा, बिथोल्न खोजे मुलुक अर्को संकटमा फस्ने

barnanmedia.com · Wed Oct 15 22:04:14 GMT 2025

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की अहिले देशलाई संवैधानिक र राजनीतिक स्थायित्वको दिशामा लैजान पूर्ण प्रतिबद्धता साथ लागेकी छिन्। विशेषतः आउँदो फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई सफल बनाउन उनले दिनरात कुनै कसर बाँकी राखेकी छैनन्। उनको ध्यान अहिले पूर्णरूपमा निर्वाचन केन्द्रित छ । निर्वाचनको निष्पक्षता, सुरक्षा र सहभागिता तीनै पक्षलाई सन्तुलित ढंगले अघि बढाउने उद्देश्यमा उनको सम्पूर्ण ध्यान केन्द्रित देखिन्छ।

प्रधानमन्त्री कार्कीले पछिल्ला केही हप्तामा राजनीतिक दलका शीर्ष नेतादेखि सुरक्षा निकायका प्रमुखसम्मसँग निरन्तर छलफल गरिरहेकी छन्। उनका सबै भेटघाट र अभिव्यक्तिहरूमा एउटै विषय केन्द्रमा रहेको छ, “चुनाव सफल पारौं, संविधानको आत्मा र यो व्यवस्था जोगाऔं।” यस उद्देश्य पूर्तिका लागि उनले प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर निकाय र नेपाली सेनाबीच पनि समन्वय बलियो बनाउन निर्देशन दिएकी छन्। साथै, सुरक्षा निकायहरूको मनोबल उकास्ने कदमहरू पनि उनका प्राथमिकतामा परेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)