मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आलोकाचो राजनीतिले मधेशको शक्ति केन्द्रबाट बाहिर धकेलिँदैछन् सिके राउत

barnanmedia.com · Wed Oct 15 22:01:33 GMT 2025

सिके राउत, कुनै बेला मधेश छुट्टै देश बनाउन हिँडेका व्यक्ति। कालान्तरमा उनी संसदीय राजनीतिमा आए। ०७९ को चुनावअघि जनमत पार्टी गठन अनि मंसिरको निर्वाचन उनका लागि टर्निङ बन्यो। किनकी सप्तरीमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेर उनी प्रतिनिधिसभा सदस्य बने भने मधेशमा तेस्रो शक्ति बनाए। अझ केन्द्रमा पार्टी सरकारमा जाँदा पनि आफू मन्त्री बनेनन्, निस्कलंकको छवी बनाए। योबीचमा राउतको ग्राफ यसरी उकालो लाग्यो कि आगामी निर्वाचनमा मधेशको पहिलो शक्तिका रुपमा अथ्र्याउन थालिएको थियो।

तर, आफ्नो पार्टीभित्रको मतभेदको हल गर्न नसकेका राउतले कच्चा खेलबाटै मधेश सरकारको नेतृत्व गुमाएका छन्। राउतकै कारण मुख्यमन्त्री सतिशकुमार सिंह राजीनामा दिन बाध्य भए। त्यति मात्र होइन, राउत निकट सिंह अहिले नवगठित जनस्वराज पार्टीमा लागेका छन्। पार्टी छिन्नभिन्न भएका बेला राउतले सिंहलाई राजीनामा दिन लगाए, जबकि, सत्ता सहयात्री कांग्रेस, एमाले र लोसपाको साथ थियो। जनमतले नै सरकार छाडेपछि यी सबै दलले पालैपालो छाडे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)