सहिद स्मारक ए डिभिजन लिग: मच्छिन्द्रको पहिलो जितमा पुलिसको चौंथो हार
deshsanchar.com · Tue Mar 14 14:58:37 GMT 2023
सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले लिगमा पहिलो जित दर्ता गर्दा नेपाल पुलिस क्लब भने चौंथो खेलमा पराजित हुन पुगेको छ। मंगलबार दशरथ रङ्गशालामा भएको दिनको दोस्रो खेलमा पुलिसलाई २-१ ले पराजित गर्दै मच्छिन्द्रले जितविहिन यात्राको अन्त गरेको छ।
मच्छिन्द्रको जितमा दुबै गोल ओलावाले अफिजले गरेका थिए। पुलिसका लागि अञ्जन राइले गोल गरेका थिए। अघिल्ला तीन खेलमा जित निकाल्न नसकेको मछिन्द्रले चौथो खेलमा पनि सुरुवातमा १-० ले पछि परेको थियो। तर अग्रता जोगाउन नसक्दा पुलिस खेलमा पराजित हुन पुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)