मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीका हिमाली पदमार्गमा सुरक्षा चुनौती, आश्रयस्थलको माग

nepalsamaya.com · Thu Oct 22 02:14:59 GMT 2026

सुर्खेत। हिमपहिरो, भारी हिमपात र अत्यधिक चिसोका कारण कर्णालीका उच्च हिमाली क्षेत्रमा मानवीय क्षति भइरहेका बेला पर्यटकीय पदमार्गमा सुरक्षित आश्रयस्थल निर्माण गर्न माग गरिएको छ। यार्सागुम्बा संकलनका क्रममा हिमाली पाटनमा ज्यान गुमाउनेदेखि हिमपातले बाटो अवरुद्ध हुँदा पर्यटकहरु अलपत्र पर्ने घटनासम्मले दुर्गम हिमाली क्षेत्रको सुरक्षा चुनौती उजागर गरेका छन्।

पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले हुम्ला, मुगु, डोल्पा, जुम्ला र जाजरकोटका उच्च हिमाली तथा पर्यटकीय क्षेत्रमा अस्थायी आश्रयस्थल र विश्रामस्थल निर्माण गर्न सरकारसँग माग गरेका हुन्। हिमाली क्षेत्रमा हिँड्दाहिँड्दै रात परेमा, अचानक हिमपात भएमा वा प्रतिकूल मौसमका कारण यात्रा रोक्नुपरेमा सुरक्षित रूपमा बस्न मिल्ने संरचना आवश्यक रहेको उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)