रुस–युक्रेन युद्ध अन्त्य गर्न नोभेम्बरमा फेरि वार्ता, पुटिन सहमत
nepalpress.com · Thu Oct 22 02:31:13 GMT 2026

काठमाडौँ । रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ पहल सुरु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र युक्रेनसँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएका छन् ।
क्रेमलिनका अधिकारीका अनुसार आगामी नोभेम्बर १० पछि वार्ता हुन सक्नेछ । यस वर्षको फेब्रुअरीपछि रोकिएको त्रिपक्षीय वार्ता फेरि सुरु गर्ने प्रयासलाई युद्ध अन्त्य गर्ने कूटनीतिक प्रक्रियाको नयाँ चरणका रूपमा हेरिएको छ । तर वार्ताको मिति, सहभागीको तह र ठोस एजेन्डाबारे अझै अन्तिम निर्णय भइसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)