मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

डिसेम्बर २०२६ मा नेपालले आइसिसी विश्वकप क्वालिफायर प्ले–अफ आयोजना गर्ने

ratopati.com · Thu Oct 22 02:38:05 GMT 2026

काठमाडौँ । नेपालले आगामी सन् २०२६ डिसेम्बरमा ‘आइसिसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले–अफ’ आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा उक्त प्रतियोगिता सञ्चालन हुने औपचारिक जानकारी दिएको हो ।

प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहनेछ । जसमा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को तालिकामा अन्तिम चार स्थानमा रहने टोलीहरू तथा ‘आइसिसी सिडब्लुसी च्यालेन्ज लिग’ समूह ‘ए’ र ‘बी’ बाट शीर्ष २–२ टोली गरी कुल आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)