मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डको पेलानमा केन्द्रीय सदस्य, एकलौटी निर्णयमा निरीह

lokaantar.com · Mon Mar 07 18:19:21 GMT 2022

नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीमा कतिसम्म हावी छन् भन्ने दृष्टान्त सोमबार सम्पन्न केन्द्रीय समिति बैठकका निर्णयहरु हेरे पुग्छ । मूलतः एमसीसीबारे लिइएको निर्णयपछि पार्टीभित्र आलोचित बनेका प्रचण्डले विरोधका सबै स्वरलाई केन्द्रीय समिति बैठकको फेस गरेरै मत्थर गरिदिए । उनले विवादित विषयलाई बैठकमा छलफल चलाएजस्तो पनि गरे तर रणनैतिक रुपमा असन्तुष्टहरुको स्वरलाई दबाएर आफै हावी हुन सफल बने । उनले एमसीसीबारे नेताहरु कृष्ण बहादुर महरा, देव गुरुङ र लीलामणि पोखरेलको ‘नोट अफ डिसेन्ट’लाई स्वीकार गरे । नेता नारायणकाजी श्रेष्ठको फरकलाई पनि आफ्नो ‘नोटिस’मा रहेको बताए । तर, गठबन्धन र प्रतिगामी षडयन्त्रलाई परास्त गर्न भनेर एमसीसी पास गर्न पार्टी तयार हुनुपरेको तर्क दिए । यस्तै उनले व्याख्यात्मक घोषणालाई अमेरिकाले समेत स्वीकार गरेको भन्दै केन्द्रीय सदस्यलाई विश्वस्त पार्न खोजे ।

प्रचण्डले अहिले चुनावको तयारीमा जुट्नुपर्ने भएकाले यसबारे व्यापक बहस गर्ने समय नभएको भन्दै आगामी जेठ २० गते केन्द्रीय समिति बैठक राखेर वृहत छलफल गर्ने भनेर पन्छिए । यस्तै पदाधिकारी, पोलिटब्युरो, स्थायी कमिटी सदस्य चयनलगायतमा पनि जेठकै बैठकमा टुंगो लगाउने भनेर निर्णय गराइदिए । बाहिर हेर्दा पार्टीभित्र भागबण्डा मिलाउन नसक्दा प्रचण्डले जेठमा पदाधिकारी चयन गर्ने भनेको जस्तो बुझिएपनि रणनैतिक रुपमा पार्टीमा आफूलाई शक्तिशाली भूमिकामा राखिराख्ने र अन्य नेताहरुसँग खेलिराख्ने नियतका साथ यो निर्णय गरेको एक नेताको बुझाइ छ । उनका अनुसार ‘पदै नभएपनि मलाई सुझाव त नेताहरुले दिन सक्नुहुन्छ नि’ भनेर समेत प्रचण्डले भनेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)