फेसबुकको माउ कम्पनी मेटाले अमेरिकाको न्यु मेक्सिको राज्यलाई २५ अर्ब डलर तिर्नुपर्ने अदालतको आदेश
clickmandu.com · Thu Oct 22 03:12:10 GMT 2026

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको सन् २०१६ को चुनावी अभियानमा संलग्न एक राजनीतिक परामर्शदाता कम्पनीले सहमति बिना नै लाखौं फेसबुक प्रयोगकर्ताहरूको डेटा प्राप्त गरेको आरोपबाट उठेको मुद्दामा मेटाले उपभोक्ताहरूलाई भ्रममा पारेको जुरीको ठहरपछि न्यु मेक्सिकोका एक न्यायाधीशले बुधबार मेटा प्लेटफर्म्सलाई २५ अर्ब डलर तिर्न आदेश दिएका छन् ।
फैसलापछिको आफ्नो आदेशमा न्यायाधीश फ्रान्सिस म्याथ्युले लेखेका छन्, ‘वर्षौंदेखि र व्यवस्थित रूपमा जनतामाझ प्रसारित गरिएको फेसबुकको गल्ती उसको मुख्य व्यावसायिक अभ्यासको केन्द्रविन्दुमा पुग्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)