कम्युनिस्ट आन्दोलनको सुखद दृश्य र नेपालको सन्दर्भ
nepalpress.com · Thu Oct 22 03:12:34 GMT 2026

आज विश्व राजनीतिमा एउटा महत्त्वपूर्ण प्रश्नले पुनर्जीवन लिएको छ। पुँजीवादी अर्थव्यवस्थाले सिर्जना गरेको आर्थिक असमानता र सामाजिक असन्तुष्टिले कम्युनिस्ट आन्दोलनको पुनरुत्थानका लागि नयाँ आधार तयार गरिरहेको छ ?
केही समय अघिसम्म विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको, यसको वैचारिक प्रभाव कमजोर भएको र इतिहासको एउटा अध्यायका रूपमा सीमित हुँदै गएको भनेर तथ्यहीन विश्लेषण गरिन्थ्यो । तर आर्थिक असमानता, बेरोजगारी, महँगी, आवास सङ्कट, श्रमिक असुरक्षा र भविष्यप्रतिको अनिश्चितताले पुराना वैचारिक प्रश्नहरूलाई पुन बहसको केन्द्रमा ल्याइदिएको छ । यसले कम्युनिस्ट विचारधाराको सान्दर्भिकता समाप्त हुन लागेको भन्ने कथित पुँजीवादीहरुको निष्कर्षमाथि पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)