मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप

hamrakura.com · Thu Oct 22 00:00:00 GMT 2026

काठमाडौँ । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ। गत साउन महिनामा सङ्क्रमण देखिएपछि रोग फैलिन नदिन किसानको गोठमै पुगेर खोप लगाउने कार्य भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका सूचना अधिकारी भोजबहादुर रावलले जानकारी दिएका छन्।

लुम्बिनी प्रदेश सरकारको कार्यक्रमअन्तर्गत विज्ञ केन्द्रले स्थानीय तहहरूसँगको समन्वयमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र जानकी गाउँपालिकाका किसानका गोठमै पशु स्वास्थ्य प्राविधिक खटाएर खोप अभियान चलाइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)