उपभोग्य वस्तु ढुवानीमा कडाइले मूल्यवृद्धिको जोखिम
ekantipur.com · Thu Nov 11 01:29:27 GMT 2021
काठमाडौँ — सरकारले खाद्यान्नलगायत वस्तु ढुवानी गर्ने सवारीसाधनलाई लगाउँदै आएको ‘टाइम कार्ड’ मा कडाइ गरेको छ । व्यवसायीका अनुसार ढुवानी समय थप १ घण्टा घटाइएको हो ।
यसअघि काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म ढुवानी गर्न मिल्दैनथ्यो । मंगलबारदेखि अपराह्नतर्फ ३ देखि ७ बजेसम्म ढुवानी गर्न नमिल्ने बनाइएको व्यवसायीले बताए । सरकारले औपचारिक रूपमा घोषणा नगरे पनि ट्राफिक प्रहरीले मंगलबारदेखि यो टाइम कार्ड लागू गर्न थालिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)