आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
rajdhanidaily.com · Thu Oct 22 03:17:43 GMT 2026
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म प्रतियोगिता नेपालमा आयोजना हुने जानकारी दिएको हो ।
प्रतियोगितामा आइसिसी विश्वकप लिग–२ का अन्तिम चार टोली तथा आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठवटा टोली सहभागी हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)