बिर्तामोडमा आगलागीबाट कामदारको मृत्यु, एक लाख नगदसहित सामान जलेर नष्ट
kendrabindu.com · Thu Oct 22 03:15:31 GMT 2026

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
बिहीबार बिहान करिब ४:१० बजे ध्रुव भट्टराईको जग्गामा सञ्चालित उक्त ग्यारेजको क्यान्टिनमा आगलागी भएको हो। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४:३० बजे नै आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)