विश्वकप क्वालिफायर नेपालले आयोजना गर्ने
hamrakura.com · Thu Oct 22 00:00:00 GMT 2026
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१, २०२६ सम्म काठमाडौँमा 'आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ' प्रतियोगिता आयोजना गर्ने भएको छ।
यस प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ का अन्तिम चार टोली तथा आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ बाट शीर्ष स्थान हासिल गर्ने दुई-दुई टोली गरी कुल आठ राष्ट्रिय टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका शीर्ष चार टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायरका लागि छनोट हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)