आठ विश्वविद्यालयका प्रस्तावित उपकुलपतिमध्ये तीन/तीन जनाको नाम टुंगियो
ratopati.com · Wed Jul 01 06:08:20 GMT 2026

काठमाडौँ । आठ वटा विश्वविद्यालयका प्रस्तावित उपकुलपतिका लागि तीन/तीन जनाको नाम टुंगो लागेको छ । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले तीन/तीन जनाको नाम टुंगो लगाएको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालयका उच्च शिक्षा महाशाखाका सहसचिव श्रीप्रसाद भट्टराईले प्रस्तावित उपकुलपति तीन/तीन जनाको नाम टुंगो लागेको जानकारी दिए । शिक्षा मन्त्रालय स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको लागि तीन/तीन जनाको नाम टुंगिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)