आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने
nepallive.com · Thu Oct 22 03:22:40 GMT 2026
काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१, २०२६ सम्म ‘आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ’ प्रतियोगिता काठमाडौंमा आयोजना गर्ने औपचारिक घोषणा गरेको छ।
५० ओभरको विश्वकप छनोट यात्राका लागि महत्त्वपूर्ण मानिएको यस प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अंकतालिकामा अन्तिम स्थानमा रहने चार टोलीका साथै आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली सहभागी हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)