केपी ओलीको कार्यशैली गलत छ, उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन : वामदेव गौतम
reportersnepal.com · Sat Mar 20 17:23:06 GMT 2021
काठमाडौं, ७ चैत्र । नेकपा (एमाले) का उपायक्ष वामदेव गौतमले आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि आत्मसमर्पण नगरेको र नगर्ने पनि स्पष्ट पारेका छन् । उनले गत फागुन २८ गतेको बालुवाटारमा बसेको बैठक केन्द्रीय कमिटीको बैठक नभएको र उक्त बैठकले गरेका निर्णय फिर्ता लिनैपर्ने पनि बताएका छन् ।
आज साँझ सचिवालयमार्फत नेता गौतमले आफ्नो पछिल्लो धारणा ल्याएका छन् । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेशबुकमार्फत गौतमका पछिल्लो धारणा बाहिर ल्याएका छन् । आज बसेको केन्द्रीय कमिटीले नेताहरुको अनुपस्थितिमा गरिएको कारबाहीप्रति आपत्ति जनाउँदै कुनै कारबाही गर्न नमिल्ने धारणा राखेका छन् । उनले आफू पार्टी एकताको अभियानमा रहेकोले त्यो उद्देश्य पूरा नहुँदासम्म अभियान जारी रहनेपनि विश्वास दिलाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)