मोटरसाइकलको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
thahakhabar.com
कञ्चनपुर : पुनर्वास नगरपालिका ६ टाउनका केशव राना मगरकाे दुई वर्षीय छोरा मनिष राना मगरको मोटरसाइकलको ठक्करबाट आज मृत्यु भएको छ।
सडक छेउ खेलिरहेका बालकलाई तीव्र गतिमा रहेको युपी ३१ के ८३१० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शक्त घाइते बनाएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)